|

डडेल्धुरा : श्वासप्रश्वासमा समस्यामा देखिएकी डडेल्धुराका एक महिलाको मृत्यु भएको छ।  

श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी गन्यापधुरा गाउँपालिका ३ की ३८ वर्षीया महिलाको मृत्यु भएको हो। डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी ती महिलाको भीमदत्त राजमार्गको बुडर नपुग्दै शनिबार मृत्यु भएको जनाइएको छ। 

डडेल्धुरा अस्पतालका निमित्त मेसु जगदीशचन्द्र विष्टले अस्पतालमा आइसियु कक्ष नहुँदा बिरामीलाई रेफर गरेको हुनसक्ने बताए। उनले भने, ‘मलाई सबै कुरा डिटेलमा त जानकारी छैन तर बिरामीको अवस्था जटिल र हामीसँग आइसियु कक्ष नहुँदा रेफर गरिएको होला।’

ती महिलाको शव कोरोना परीक्षणका लागि सेती प्रादेशीक अस्पतालको शव गृहमा राखिएको छ। सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मृतकको आइतबार स्वाब संकलन गरेर परीक्षण गरिने जानकारी दिए। मृतक महिलाको धनगढी उपमहानगरपालिका ४ बोरडाडी र गन्यापधुरा ३ मा बसाइँ रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.