|

काठमाडाैं : पुलबाट हामफालेकी महिलालाई सशस्त्रको टोलीले उद्धार गरेको छ। रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा साउन २४ गते पुलबाट हामफालेकी स्थानीय २७ बर्षिय पवित्रा अधिकारीलाई सशस्त्रको टोलीले उद्धार गरेको हो।   

अधिकारी पुलबाट हामफालेको सूचना पाएसँगै उद्धारका लागि गएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको टोलीले उनको उद्धार गरेको हो। अधिकारीलाई उपचारका लागि भीम अस्पताल भैरहवा लगिएको सशस्त्रले जनाएको छ।  

उनले किन त्यस्ताे कार्य गरिन् भन्ने अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.