|

बागलुङ : पेसागत सुरक्षा माग गर्दै धौलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्। बिहान ११ बजे प्रमुखको कक्षमा पुगेका उनीहरुले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन भन्दै ताला लगाएका हुन्। उनीहरुले वर्षौंदेखि थालेको आन्दोलनप्रति त्रिविले बेवास्ता गरेको आरोप पनि लगाएका छन्। 

आंशिक प्राध्यापकको पेसागत हित र सुरक्षा माग गर्दै लामो समयदेखि गरेको आन्दोलनप्रति त्रिवि गम्भिर नबनेको समेत आरोप लगाइएको छ। श्रमिकको सन्तुष्टिले संस्थाप्रति जिम्मेवार र जवाफदेहिता, सिर्जनशीलता बढाउने भन्दै उनीहरुले श्रमिकलाई काममा लगाएर पारिश्रमिक नदिने, आफैंले कानुन बनाएर लागू नगर्ने लगायत कामले आंशिक प्राध्यापकको धैर्यता टुटेको आरोप समेत लगाइएको छ। 

उनीहरुकाे तालबन्दी प्रति संघको केन्द्रीय समिति, मोफसल समिति र पेसागत अन्य संगठनले पनि ऐक्यबद्धता जनाएका छन्। संघका अध्यक्ष विष्णुप्रसाद चापागाईँ, उपाध्यक्ष श्याम प्रसाद शर्मा र सचिव सरोजराज पन्तले हस्ताक्षर गरेका विज्ञप्तिमा उपकुलपतिको कार्यालय, शिक्षाध्यक्ष, रजिष्ट्रार लगायतलाई बोधार्थ पनि दिइएको छ। 

तालाबन्दीबारे उनीहरुले त्रिवि प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, प्रगतिशील प्राध्यापक संघ, राष्ट्रिय प्राध्यापक संघ र स्वतन्त्र विद्यार्थी युनियनलाई पनि जानकारी दिएका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.