|

जुम्ला : विप्लव समूहका जुम्ला जिल्ला सेक्रेटरीसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ। 

जुम्लाको तिला गाउँपालिका–७ घोडेगाउँबाट उनीहरु शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्ला जिल्ला सेक्रेटरी मुगु सोरु गाउँपालिका–६ का ३७ वर्षीया राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७ धाचुगाउँका  २९ वर्षीया नन्द तिरुवा र हिमाकै १६ वर्षीया सपना बुढा रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताए। 

प्रहरी नायव उपरीक्षक धामीका अनुसार उनीहरुबाट चन्दा उठाउने ठेली, सदस्यता रसिद, किताब बरामद भएको छ। स्थानीय जनप्रतिनिधि तथा ठेकदारलाई धम्काउँदै चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.