|

काठमाडौं : नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर दउवाले पार्टी भित्र कुनै निरंकुश काम नगरेको बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति देउवाले विभागहरुको गठन गरी निर्वाचन आचारसंहिताको उलङ्घन गरेको आरोप लगाएको थियो। त्यस्तै सभापति देउवा निरंकुश बनेको आरोप समेत पौडेल पक्षले लगाएको थियो।

सोही विषयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै सह-महामन्त्री महतले सभापति देउवा निरंकुश हुनुभयो भन्‍ने कुरा कसैलेपनि नपत्याउने बताए। 

उनले विधानमा स्पस्टसँग व्यवस्था भए अनुसार विभाग गठन भएकाले कनै निरंकुश काम नगरेको प्रस्ट पारे। यस्तै वडाबाट क्रियाशील सदस्यहरुको टुंगो लागेपछि नामावली आउने र सभापतिले नामावली सार्वजनिक नगर्दासम्म निर्वाचन आचारसंहिता नलाग्ने पनि महतले बताए।

पार्टी भित्रका विभाग गनठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नरहेको र जसरी असन्तुष्टि पोख्ने काम भएको छ त्यसलाई महाधिवेसन लागेको रुपमा सम्झिन आग्रह समेत गरे। 

कसैलाई नसोधी, केन्द्रीय समतिमिा पनि छलफल नगरी विभागहरुको गठन गर्ने अधिकार सभापतिसँग भएपनि नेताहरुको समझदारी नभइकन बनाउँदिन भन्दा ढिलो भएको अहिले गठन गर्दा निरंकुश मान्‍न नसक्ने उले बताए। 

पार्टीमा नचिनेको कार्यकर्ता र नचिनेको नेता कोही पनि नभएकाले कुनै एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत नगर्न पनि नेताहरुलाई आग्रह गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.