|

काठमाडौं : गृह मन्त्रलायले सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। 

गृह मन्त्रालयले जारी सूचना जारी गर्दै कोरोनाको जोखिम बढ्दै गएकोले सरकारले जारी गरेका निर्देशिका पालना गर्न सबै नागरिकलाई अपिल गरेको हो। मन्त्रलायले यातायातमा जोरबिजोर प्रणालीको कडाइका साथ पालना गर्न र अनिवार्य मास्क लगाउन आम नागरिकलाई भनेको हो। 

यस्तै मन्त्रलायले हालसम्म मास्क नलगाउने ३ लाख ९५ हजार जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छाडेको र जरिवाना समेत गरेको जनाएको छ। यस्तै अनुमति बिना काठमाडौं उपत्यका छिर्ने सात हजार छ सय सवारी साधन र १९ हजार ४ सय यात्रुलाई नाकाबाटै फिर्ता गरिएको जनाएको छ।

यसै गरी तोकिएको निर्देशन विपरित सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर होल्डिङमा राखिएको जनाएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.