|

काठमााडौं :  फिफा विश्वकप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहने राष्ट्रिय फूटबल टोलीका खेलाडी तथा कर्मचारीको आजदेखि कोरोना परीक्षण हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा बोलाएका खेलाडी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको हो। एन्फाले विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि शुरु गर्न लागिएको बन्द प्रशिक्षणमा सामेल हुने खेलाडी र कर्मचारीमा परीक्षण गर्ने जनाएको छ। 

खेलाडीसँगै कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफ परीक्षण गर्न लागिएको एन्फाले जनाएको छ।  बन्द प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएकोमा परीक्षणको रिपोर्ट आएपछि मात्र खेलाडीलाई होस्टेलमा राखिनेछ।

टोलीका मुख्य प्रशिक्षक योहान कालिन हाल नेपालमा नरहेको कारण तत्कालका लागि सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षणको जिम्मेवारी पाएका छन्। एन्फाले गत साता मात्र राष्ट्रिय टोलीका पूर्व गोलरक्षक विकास मल्ललाई गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको थियो। आगामी भदौ १ देखी शुरु हुने बन्द प्रशिक्षणका लागि एन्फाले १७ बुँदे प्रोटोकल तयार पारिसकेको छ।

त्यस्तै, प्रशिक्षणमा १० देखि १२ जनासम्मको समूह बनाई प्रशिक्षण दिइनेछ। विश्वकप छनोट अन्तर्गत नेपालले दशरथ रंगशालामा चाइनिज ताइपेइसँग अक्टोबर ८ मा, अष्ट्रेलियासँग अक्टोबर १३ मा र नोभेम्बर १३ मा जोर्डनसँग खेल्ने तालिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.