|

गुल्मी : जिल्लाको मालिका गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ। 

आर्थिक बर्ष २०७६/०७७ मा किसानहरूले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको मालिका गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए। 

मालिका गाउँपालिकाका १२४ जनालाई मिलीजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थामार्फत १६ लाख ३४ हजार रुपैयाँ अनुदान वितरण गरिएको हो। वडा नम्बर-६ अर्जेकी दीपा अर्यालले उत्पादनमा आधारित ३१ हजार रुपैयाँ अनुदान प्राप्त गरेको र आगामी वर्ष उत्पादन थप वृद्धि गर्ने हौसला प्राप्त भएको बताइन्‌।

न्यूनतम १०० किलोग्राम (जिउँदो) खसीबोकाको मासु सहकारीमार्फत जोखेर बिक्री गरे कृषकलाई गाउँपालिकाले प्रतिकेजी १०० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ। यस्तै, लोकल कुखुरा न्यूनतम ५० किलो जोखेर बिक्री गरेका किसानलाई प्रतिकिलो १०० रूपैँयाका दरले अनुदान दिइएको छ। 

यस वर्ष उत्पादनमा आधारित अनुदानका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेको र उत्पादन थप वृद्धि भए अनुदानमा कुनै कमी हुन नदिने गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.