|
फाइल फोटो

इटहरी : जिल्ला अदालत मोरङका न्यायाधीश कोरोना संक्रमण पुष्टि भएपछि अदालत बन्द गरिएको छ। न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको परीक्षणमा एक न्यायाधीशको नतिजा पोजेटिभ आएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकको सम्पर्कमा आएका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको हो। अदालतमा सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायाधीशसहित चार जनाको स्वाब संकलन गरिएको थियो ।

न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनका लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले बताए।

अदालत पूर्ण रूपमा बन्द गरि सेनिटाइज गरिनेछ र सेवाग्राहीको लागि सुरक्षित स्थल बनाएपछि मात्रै अदालतको काम सुचारु हुने भएको छ। नियमित मुद्दाका सुनुवाइ स्थगितसमेत भएका छन्। जिल्ला अदालत मोरङमा १ सय २० कर्मचारी ४० जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। मोरङमा हालसम्म संक्रमितको संख्या ५ सय ७८ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.