|

दमक : कोरोना संक्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ। कोरोना भाइरस संक्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको अस्पताल स्रोतले बताएको छ।

ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाँच गराउन गएका थिए। ती प्रहरीमा कोरोना भएको रिपोर्ट आएको दमक नगरपालिकाले जनाएको छ।

गत बुधबार उनीसहित दमकबाट पठाइएका एक सय ७ जनामध्ये हिजो ४७ जनाको रिपोर्ट आएको थियो। जसमा उनमा मात्र कोरोना देखिएको हो। साथीसँगै हस्पिटलमा ज्वरोसहित रुघाखोकी लागेको भन्दै स्वास्थ्य परीक्षण गर्न आएका खुलेपछि सावधानीस्वरुप हस्पिटल बन्द गरिएको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताए। उनले कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको जनाएका छन्। 

नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य–सचिव कुवेर भट्टराईले ३–४ दिनमा संक्रमितको सम्पर्कमा आएका र हस्पिटलमा भेट गरेकाको खोजी गरी तिनीहरु सबैको परीक्षण गरिने बताए।

(यसअघि भूलबस तस्बीर फरक पर्न गएकोले सच्याइएको छ- सम्पादक)
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.