|

चितवन : काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहोराको टाउको काटेर हत्या गरिएको घटनामा संलग्‍न भएको आशंकामा प्रहरीले चितवनबाट एकजना महिलालाई पक्राउ गरेको छ।

पूर्वीचितवनको रत्‍ननगरस्थित माधवपुरबाट एकजना महिलालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा कल्पना शाहीलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।

ती महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भरतपुरमा ल्याइएको छ। ती महिला पक्राउ परेसँगै अन्य व्यक्तिको पनि खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ।

गोंगबुमा आइतबार विहान बोहोराको शरीरको मुख्य भाग सुटकेशमा भेटिएको थियो। टाउको र खुट्टा भने जेब्रा झोलामा फेला परेको थियो। मृतक बोहोराको शवको उनका मामाले सनाखत गरेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।

गोंगबुस्थित नवज्योति मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो। उनको टाउको र खुट्टा कुकुरको सहयोगमा फेला पारिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.