|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले  केही समय अघि पिपिई पिसिआर किट भएन भनेर विरोध गर्नेहरुले अब औषधि र भेन्टिलेटर भएन भनेर  सरकारविरुद्ध लाग्ने बताएका छन्। 

परोपकार प्रसुती गृह थापाथलीको ६१ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री ढकालले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन्, उनले भने 'हिजो पीपीई भएन भनेर गीत गाइयो, पीपीई पर्याप्त भयो अनि पिसिआर भएन भनेर अर्को गीत बनाइयो, मलाई थाहा छ, अब औषधि खोइ भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छ।’

यस्तै मन्त्री ढकालले पिसिआर कम भयो कि भन्ने गुनासो धेरै आए पनि त्यस्तो नभएको बताए। उनले भने  ‘धेरै तीरबाट पिसिआर परिक्षण कम भयो कि भन्ने गुनासो आएको छ तर त्यस्तो हैन, हामी जनताको स्वास्थ्य सुरक्षामा प्रतिवद्ध छौं'

उनले कोभिड—१९ लाई राजनीतिक प्रतिशोधको विषय बनाएको भन्दै आफ्नै पार्टीका नेताहरुप्रति असन्तुष्टी प्रकट गरे। ‘विदेशमा ठूला—ठूला नेताको पनि काेराेनाबाट मृत्यु भएको छ, हाम्रोमा पनि मन्त्रीदेखि मेयरसम्मलाई छोडेको छैन’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु पवित्र काममा लाग्नुभएको छ। यो क्रम निरन्तर रहोस्,’‘सबैलाई तपाईहरुबाट सद्बुद्धि मिलोस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.