|
फाइल फाेटाे

काठमाडौं : कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा परीक्षाको विकल्पको माग राख्दै आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थी रिहाइका लागि माग गरेको छ।

आज (मंगलबार) परीक्षाको विकल्प माग गर्दै त्रिवि पुगेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएको थियो। नेविसंघका केन्द्रीय महामन्त्री दीपक भट्टराइले विज्ञप्ती जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका विद्यार्थीहरुलाई तत्कालै रिहा गर्न माग गरेका हुन्‌।

‘विद्यार्थीको हकहित र विश्वविद्यालयको प्राज्ञिक स्तरोन्नतीको लागि नेविसंघका साथीहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको धरपकड र दमनप्रति नेविसंघ केन्द्रीय समिति घोर भर्त्सना गर्दछ,’ भट्टराईले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘लोकतान्त्रिक पद्धतिभित्र रहेर गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा गिरफ्तार गरिएका नेविसंघका नेताहरुलाई तुरुन्त रिहाइको जोडदार माग गर्दछौँ, अन्यथा कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।’

नेविसङ्घका नेताहरु सम्झना खत्री, संजय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला, मनोज कुँवर प्रहरी नियन्त्रणमा रहेको नेविसंघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.