|
समाचार प्रतिनिधि तस्बिर

दाङ : दाङमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना संक्रमणको पुष्टि भएको हो। 

साउन १८ गते संक्रमण देखिएका एक जवानको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर  बाहिनीका फोकल पर्सन विकास आचार्यले जानकारी दिए। 

प्युठानमा कार्यरत एकजना जवान साउन १४ तालिमका लागि नेपालगन्ज जाँदै गरेको समयमा स्वास्थ समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरि परीक्षण गर्दा संक्रमण देखिएको थियो। 

ती जवान संक्रमित भएपछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको थियो। ३१ मध्ये २ जनाको नेगेटिभ आएको थियो। २९ जना जवान बाहिनी भित्र क्‍वारेन्टाइनमा बसेका थिए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.