|

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ।

आज १७४ जनामा कोरोना संक्रण पुष्टि भएसँगै संक्रिमितको संख्या ६ हजार ६८ पुगेको हो। सामाजिक विकास मन्त्रालयका तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३६ महिला र १ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको छ। 

धनुषामा १८ जना, महोत्तरीमा १० जना, सिरहामा ९ जना, पर्सामा ६५ जना, सर्लाहीमा २१ जना, रौतहटमा ४० जना र सप्तरीमा ४ जना कोरोना संक्रमित थपिएका छन्। पर्सामा थपिएका संक्रमितमध्ये वीरगन्ज बजार क्षेत्रकै २४ जना छन्। यस्तै विर्ताका १० जना र छपकैयाका ६ जनामा पनि संक्रमण पुष्टि भएको हो। माइस्थानका ३ जना र आदर्शनगरका २ जनामा पनि संक्रमण देखिएको छ।

यस्तै नारायणी अस्पतालको क्वाटरमा ४ संक्रमित थपिएका छन्। नेशनल मेडिकल कलेजमा ३ जना, जिल्ला प्रहरी कार्यालय पर्सामा १ जना, कृषि सामग्री लिमिटेडमा १ जना र वडा प्रहरी विर्तामा ८ जनामा कोरोना पुष्टि भएको छ।

रौतहटमा ४० जना संक्रमित थपिएकामा १९ जनाको पहिचान नै नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये गौर नगरपालिकाका ११ जना, राजदेवी नगरपालिकाका १ जना र कटहरिया नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको बताइएको छ। 

यस्तै धनुषाका १८ संक्रमितमध्ये जनकपुरका ७ जना छन्। मुक्तिनाथ बैंकका ६ जना, एनएमबी बैंकका १ जना, राष्ट्रिय वाणिज्य बैंकका १ जना र हंसपुर नगरपालिका घर भई प्रादेशिक अस्पतालमा कार्यरत १ जनामा कोरोना पुष्टि भएको छ।

महोत्तरीमा थपिएका १० संक्रमितमध्ये जलेश्वर घर भई प्रादेशिक अस्पतालमा कार्यरत १ पुरुष, भंगहा नगरपालिका घर भई प्रादेशिक अस्पतालमा कार्यरत १ महिला, जलेश्वर अस्पतालका २ महिला, जिल्ला प्रशासन कार्यालय जलेश्वरका १ जना र पिपरा गाउँपालिका घर भई जलेश्वर अस्पतालमा कार्यरत १ जना छन्।

बाराका ७ संक्रमित मध्ये सशस्त्र प्रहरी बल निजगढका एक जनामा पनि कोरोना पुष्टि भएको छ। सिरहाका ९ संक्रमित मध्ये एक जना जलेश्वर अस्पतालमा कार्यरत पुरुष र सुखिपुर नगरपालिकाकै ९ जना छन्।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा २९ जना कोरोनालाई जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन्। जसमध्ये ६ जना महिला छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.