हेटौंडाको श्रमिक माविको गौरीटारमा सारिने

|

हेटौंडा : विद्यालयबाट आइसोलेसन हटाउने निर्णयअनुसार बागमती प्रदेशमा पनि स्थानान्तरण हुने भएका छन्। हेटौंडाको श्रमिक माध्यमिक विद्यालयबाट हेटौंडाको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्रावास भवनमा स्थानान्तरण गरिने भएको छ। 

गौरीटार रंगशालाको छात्रावासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् पुगेका थिए। स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिए। 

यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्रावास सँगै बन्दै गरेर अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आवश्यकता अनुसार निर्माण गरिने जानकारी दिए। 

यसैगरी प्रदेशका अन्य जिल्लामा रहेका विद्यालयमा रहेका आइसोलेसन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा राखिने भएको छ। बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबारमात्र विद्यालयबाट आइसोलेसन र क्वारेन्टाइन हटाउने निर्णय गरेको थियो। मंगलबारबाट सो निर्णय कार्यान्वयनमा प्रदेश सरकार लागिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.