|

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएका भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी चिन्ताजनक अवस्थामा पुगेका छन्।

सास लिन नै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

मुखर्जीले सोमबार ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए।

संक्रमण पुष्टि भएलगत्तै उनलाई दिल्लीस्थित आर्मी आर आर अस्पतालमा भर्ना गरिएको थियो। 

अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ।

शल्यक्रिया पश्चात उनको अवस्था थप चिन्ताजनक बनेको हो। 

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.