समाज

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

फाइल फोटो
साउन २८, २०७७

    काठमाडौं : प्रगतिशील लेखक संघले अंग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ।

    नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेका अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न संघले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो।

    संघका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गरेका विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ। यसैगरी संघले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई  काठमाडौँमा सार्ने निर्णय स्थगन भएकामा पनि  चिन्ता व्यक्त गरिएको छ। पठन संस्कृतिको प्रवर्द्धनका लागि राष्ट्रिय पुस्तक नीति ल्याउन र उक्त पुस्तकालयलाई जमलमा स्थापित गर्न पनि संघले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]