|

काठमाडौं : ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी ७८ वर्षीया महिलाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको र आज विहान ९ बजे रिपोर्ट पोजेटिभ आएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । 

उनलाई यही साउन २६ गते पाटन अस्पतालबाट किस्टमा रिफर गरेको पाठकको भनाइ छ। बुधबार नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिला र मेडिसिटी अस्पतालमा अर्का एक पुरुषको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.