अर्थ

सुनमा ऐतिहासिक गिरावट, एकै दिन ६ हजार २ सय घट्यो

साउन २८, २०७७

    काठमाडौं : नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएकोमा बुधबार ९५ हजार ४ सयमा झरेको हो। 

    गत शुक्रबार हालसम्मकै उच्च मूल्य सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला चार दिनमा सुनको भाउ लगातार घटिरहेको छ। महासंघका अुनसार नेपाली बजारमा छापावाल सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको थियो।

    सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ भाउ थियो। महासंघका अनुसार तेजाबी सुनको भाउ बुधबार तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन मंगलबार तोलाको लाख १ हजार १ सय, सोमबार १ लाख १ हजार ९ सय र आइतबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

    शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार बुधबार चाँदीको भाउ तोलाको १ हजार २ सय १० रुपैयाँ कायम भएको छ। 

    मंगलबार चाँदीको भाउ तोलाको ४० रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको भाउ तोलाको १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]