समाज

उदयपुरका सहायक वन अधिकृतसहित पाँच जना घुससहित पक्राउ

साउन २८, २०७७

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरका वन सहायक अधिकृत शिवनारायण यादवसहित पाँच जनालाई १७ हजार रकमसहित पक्राउ परेका छन्।

    सेवाग्राहीसँग रिसवत लिएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा घुस बापतको रकम फेला पारी सहायक वन अधिकृत शिव नारायण यादव, सव-डिभिजन वन कार्यालय लाल बजार रामपुर उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोदकुमार साह, फोरेष्टर रमेश राई, सव- डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा, मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता 

    आयोगका अनुसार उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]