|

एजेन्सी : घटना भएको दुई महिना नाघिसक्दा पनि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको रहस्य सुल्झिन सकेको छैन।

घटनाको प्रकृतिअनुसार यसलाई आत्महत्या ठहर्‍याएको भए पनि सुशान्तका फ्यान विश्वस्त छैनन्। उनीहरूले बलिउडमा व्याप्त नातावादका कारण सुशान्तले मृत्युवरण गर्नुपरेको बताइरहेका छन्।

सुशान्तका फ्यानको आक्रोशको सुई निर्माता–निर्देशक महेश भट्ट र उनी छोरी आलिया भट्टतर्फ सोझिएको छ। भट्ट समूहले बनाएको सडक–२ नामक सिनेमाको ट्रेलर बुधबार बिहान युट्युबमा रिलिज हुनासाथ भिडियोमा डिसलाइकको वर्षा भएको छ।

समाचार तयार पारिएको समयमा ४० हजार लाइक बटुलेको भिडियोले ४ लाख डिसलाइक खेप्नुपरेको छ। सुशान्तका फ्यानले यो चलचित्रलाई बहिस्कार गर्ने चेतावनी दिएका छन्।

भट्ट समूहमाथि सुशान्तलाई पटक–पटक सिनेमाबाट निकालेको आरोप लागेको छ। सडक–२ मा पनि सुशान्तलाई आदित्य रोय कपुरमार्फत प्रतिस्थापित गरिएको आरोप छ। भलै‚ भट्ट समूहले यो आरोप स्वीकारेको छैन। सुशान्तको मृत्यु भएसँगै उनका लाखौं फ्यानले आलियालाई इन्स्टाग्राममा अनफलो गरेका थिए।

सुशान्तको मृत्युबारे सिआइबीको छानविन जारी छ। सुशान्तको पिताले छोराको मृत्युमा उनकी प्रेमिका भनिएको रिया चक्रावर्तीको हात रहेको भन्दै उजुरी दिएका छन्। प्रहरीले रियासँग बयान लिइरहेको छ। 

सुशान्त दुई महिनाअघि मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.