|

कञ्चनपुर : क्वारेन्टाइनमा मृत्यु भएका महिलाका परिवारको माग कृष्णपुर नगरपालिकाले सम्बोधन गर्ने भएपछि जारी आन्दोलन स्थगित भएको छ।
 

नगरपालिका, पीडित परिवार र आन्दोलनकारी पक्षबीच आज साँझ नगरपालिका कार्यालयमा वार्ता भएको हो।

वर्तामा पीडित परिवारलाई भेटेर उनीहरुको मागका आधारमा नगर कार्यपालिकाले निर्णय गर्ने सहमति गरिएको कृष्णपुरका नगर प्रमुख कर्ण हमालका स्वकीय सचिव गणेश सिंह ऐरीले थाहाखबरलाई जानकारी दिए। 

कृष्णपुर नगरपालिकामा क्वारेन्टाइनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घटनालाई लिएर स्थानीय आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि वार्ता गरिएको थियो। स्थानीयले मृतक महिलाका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारवाही माग गर्दै आज दिनभर आन्दोलन गरेका थिए। 

आन्दोलनकारीले नगरपालिका कार्यालय ताला लगाउने क्रममा प्रहरीसित झडप भएको थियो। उनीहरुले कार्यालयमा ढुंगामुढा गरी तोडफोड गरेका थिए। प्रहरीले अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो।

वार्तामा कृष्णपुरका नगरप्रमुख हमालसहित उपमेयर रमिता राना बडायक, ६ नम्बर वडाका अध्यक्ष नथुराम चौधरी, ४ का अध्यक्ष तेज रावल, प्रमुख प्रशासकीय अधिकृत शिव सिह भण्डारी सहित जनप्रतिनिधि सहभागी रहेका थिए। 

यसैगरी पीडित परिवारको तर्फबाट देवराम ओड, लक्ष्मण ओड सहित महिलाका माइती पक्षका समेत केही सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.