|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै खर्चमा पीसीआर अनिवार्य परीक्षण गराउन व्यवसायी तथा कर्मचारीहरुलाई आग्रह गरेको छ । 

बुधबार मन्त्रालयले सूचना गरी पछिल्लो समय कोभिड १९ को संक्रमण बढेकोले विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने जनाएको हो।

'घनाबस्ती भएका जिल्लाहरुका विभिन्न सहरमा कोभिड १९ को संक्रमण बढिरहेकोले विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुनेतर्फ गएको छ,'  विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.