|

काठमाडौं : पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। 

गएराति भएको खेलमा ईटलियन क्लब एटलान्टालाई २–१ गोलले पराजित गर्दै फ्रान्सेली क्लब पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको हो।  पहिलो हाफमा १–० गोलले पछि परेको पीसजीले दुबै गोल खेलको अन्तिम समयमा ग¥यो । खेलको २६ औं मिनेटमा मारियो पसालिसले गोल गर्दै एटलान्टालाई १–० को अग्रता दिलाएका थिए। 

पहिलो हाफमा कमजोर देखिएको पीएसजीले दोस्रो हाफमा केलियन एम्बाप्पेलाई मैदान प्रवेश गरायो। एम्बाप्पे र नेयमारको उत्कृष्ट प्रदर्शनले एटलान्टाले थप गोल गर्न सकेन। खेलको अन्तिम मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको ३ मिनेटमा एम्बाप्पेको पासमा चोपो मोटिङले टोलीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । योसँगै पीसजी २५ वर्षको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ। 

पीएसजीले फाइनल प्रवेशका लागि आगामी मंगलबार एट्लेटिको मड्रिड र आरबी लेइपजिंगबीचको विजेतासँग खेल्नेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.