|

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई)मा पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीको मृत्यु भएको छ। गत मार्च ११ यता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। 

ज्यान गुमाउनेमा ५ जना महिला छन्। प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले जनाएको छ।  कोरोनाका कारण १ जना महिलासहित ३६ जना नेपालीले युएईमा ज्यान गुमाएका छन्। कोरोनाका कारण ज्यान गुमाउने ३६ जना र अन्य कारणले ज्यान गुमाएका समेत गरी ६९ जनाको शव युएईमै अन्त्येष्टि गरिएको छ।

दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवलाई युएईमै अन्त्येष्टि गरिएको हो। यसक्रममा २६ वटा शव भने नेपाल पठाइएको छ। चारवटा शव नेपाल पठाउने क्रममा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.