विराटनगरमै भेटिए ६० नयाँ बिरामी

|

विराटनगर : समुदायस्तरमा कोरोना पुगेको मोरङमा बिहीबार एकै दिन ८८ जना नयाँ संक्रमित भेटिएका छन्। प्रदेश १ को राजधानी विराटनगरमा मात्रै ६० जना नयाँ संक्रमित थपिएका छन्। 

प्रदेश १ भरी ११५ जना नयाँ संक्रमित भेटिएका प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। बिहीबार संक्रमित भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

मन्त्रालयका अनुसार प्रदेश १ मा ८३ पुरुष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा बितेको २४ घण्टामा ६० नयाँ संक्रमित भेटिएका छन्। 

विराटनगरमा ३८ जना पुरुष र २२  जना महिला संक्रमित भेटिएका हुन्। मोरङकै बुढीगंगा गाउँपालिकामा २५ जना संक्रमित भेटिएका छन्। बुढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप्सका २१ जना मजदुर पनि संक्रमित भएका छन्। मन्त्रालयका अनुसार बुढीगंगा गाउँपालिका-२ मा ३ जना र ७ मा १ जना संक्रमित भेटिएका छन्। अर्कातिर कटहरी गाउँपालिकामा पनि ३ जना संक्रमित भेटिएका छन्। 

सुनसरीमा १९ जना 

उता सुनसरी जिल्लामा १९ जना संक्रमित भेटिएका छन्। जसमा १५ पुरुष र ४ महिला छन्। इटहरी उपमहानगरपालिकामा १० पुरुष र ३ महिला संक्रमित थपिएका छन्।, धरान उपमहानगरपालिकामा १ जना वराहक्षेत्र नगरपालिकामा १ जना, दुहबी नगरपालिकामा ३ जना र रामधुनी नगरपालिकामा १ जना संक्रमित भेटिएका छन्। 

मन्त्रालयका अनुसार इलाममा ४ जना संक्रमित भेटिएका छन्। उदयपुरमा १ जनामा र झापाको बिर्तामोडमा १ जना संक्रमित भेटिएका छन्। बिहीबार ११५ संक्रमितसँगै प्रदेश १ मा १६ जना २६ संक्रमित पुगेका छन्।

संक्रमण भएकामध्ये १० जनाले अहिलेसम्म ज्यान गुमाएका छन्। ज्यान गुमाएकामध्ये ८ जना मोरङकै छन्। दुईजना प्रदेश २ बाट उपचारका लागि लगिएका हुन्। अहिलेसम्म प्रदेश १ बाट डिस्चार्ज हुने १ हजार ४० पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.