|

काठमाडौं : पछिल्लो समय चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण उच्च देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयले पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई अतिउच्च जोखिम (रेड जोन) मा राख्दै आएको छ। यस्तोमा काठमाडौं, पर्सा, रौतहट र महोत्तरी संक्रमणको हिसाबले अति उच्च जोखिमा परेका छन्।

हाल यी जिल्लामा पाँच सय भन्दामाथि सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा मानिसको बाक्लो जमघटका कारण संक्रमणको जोखिम उच्च हुने हुँदा सजगता अपनाउन मन्त्रालयले आग्रह गर्दै आएको छ।

यस्तै हाल मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा शून्य संक्रमित रहेको समेत मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.