|

नुवाकोट : कयौं औषधिजन्य गुण भएको गाँजा नष्ट गर्ने काममा प्रहरी अझै पछि हटेको छैन। लागु औषध भन्दै सरकारले प्रतिबन्ध गरेको यो बहुगुणयुक्त वनस्पतिलाई नुवाकोटमा पनि प्रहरीले नष्ट गरेको छ।

प्रहरीले बेलकोटगढी नगरपालिकाको  काशीटार, ठूलो खोला र विदुर नगरपालिकाको  पिपलटार क्षेत्रको गाँजा नष्ट गरेको हो। त्यसैगरी त्रिशूली-देवीघाट-गल्छी सडक छेउछाउमा उम्रेको गाँजाको बोट पनि उखेलिएको छ।

लगभग ४ रोपनी क्षेत्रफलमा उम्रिएको ८ सय भन्दा बढी गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ। उक्त  गाँजाको बोटलाई प्रहरी कार्यालयमा लगेर आगो लगाई नष्ट गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.