|

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा बिहीबार भएको परीक्षणमा ४२, ४२ र ४४ वर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतीक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको बताए। संक्रमण पुष्टि भएका प्रहरी अहिले आइसोलेसनमा छन्।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई १५ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।  जसमध्ये १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.