|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आजको छलफल सकारात्मक भएकाे बताएका छन्।

दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। 'बालुवाटारमा ओलीजीसँगको बैठकमा स्थायी कमिटीलाई अघि बढाउने कुरा भएको छ', उनको भनाइ उद्धृत गर्दै नेता ठाकुर गैरेले भने, 'बैठकका एजेन्डा तय गर्न फेरि छलफल हुनेछ।' 

दाहालले ब्रिफिङका क्रममा पार्टीलाई विधिअनुसार अघि बढाउन पनि संवाद अघि बढेको बताएका छन् उनले ओली स्थायी कमिटी बैठकमा आएर छलफल अघि बढाउने कुरामा पनि सकारात्मक रहेको ब्रिफिङ गरेका नेताहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.