|

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी हो जनकपुरधाम। जनकपुरको व्यस्त बजार हो पुलचोक। तर, यहाँको पुल साँघुरो छ। सडकको अवस्था त झन् बेहाल। सडकमा भएको ह्युमपाइप फुटेको महिनौं बितिसक्दा पनि सम्बन्धित निकायको ध्यान पुगेका छैन।

शहीदनगर, हंसपुर र औरही, जनकनन्दी, सबैलासहितका सयौं गाउँका मानिस पुलचोक हुँदै जनकपुर आवतजावत गर्छन्। २० किलोमिटर गाडी चलाएर पुल चोक आउँदा जति थकाइ लाग्छ, त्योभन्दा कैयौं गुणा बढी हैरानी पुलचोकको करिब ६०० मिटरकै सडकमा झेल्नुपर्छ।

सडकमा हिलो जमेकाले मोटरसाइकल चलाउन सक्ने अवस्था छैन। सडकको दुवैतिर पसल छ, कतै घर । सडक हिलाम्मे भई आवतजावत गर्न पनि समस्या भएपछि पसलमा कोही नआउने गरेको व्यावासायीहरुको गुनासो छ।

सडक निर्माणका लागि ठेक्का लागिसकेको छ। नाला निर्माण गर्ने भन्दै डोजरले खाल्डो खनियो। तर, बर्षौ वितिसक्दा पनि नाला निर्माण नभएकाले स्थानीयले खाल्डो पुर्न थालेको स्थानीय दिनेश साहले बताए। उनका अनुसार सडक निर्माणका लागि पटकपटक आन्दोलन गर्दा पनि कसैले सुनेनन्। ‘कति पटक त सडकमा धान रोपेर पनि विरोध गर्यौं,’ उनले भने, ‘कैयौं पटक सडक अवरुद्ध गर्यौं। तर सडक उस्तै छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.