|

दाङ : बबई गाउँपालिकाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँ सिल गरिएको छ। होम क्वारेन्टाइनमा बसेका वडा नम्बर ६ का २२ वर्षीय पुरुष र वडा नम्बर ७ का २५ वर्षीय पुरुषमा बिहीवार संक्रमण पुष्टि भएको थियो।

राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। उनीहरु विदेशबाट आएका उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए। तर, उनीहरुको सम्पर्कमा गाउँका केही युवाहरु गएकाले वडा नम्बर ६ को टिकुलीगैरा गाउँ सिल गरिएको वडाध्यक्ष रामबहादुर डाँगीले बताए।

‘उनीहरु विदेश मै पिसिआर परीक्षण गरी नेपाल आउँदा रिपोर्ट नेगेटिभ आएको रहेछ,’ डाँगीले भने, ‘त्यसपछि हामीले सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियौँ। उनीहरु घरदेखि बाहिर त गएन् तर उनीहरुलाई भेट्ने गाउँका ८÷१० युवाहरु गएका रहेछन्।’ त्यसैले गाउँ सिल गरी संक्रमितहरुको सम्पर्कमा पुगेकाहरुको स्वाब परीक्षणको लागी तयारी गरेको वडाध्यक्ष डाँगीले बताए। 

बबई गाउँपालिकामा केही दिनअघि समुदायस्तरमा कोरोना भएन नभएको पत्ता लगाउनु विभिन्न ५७ जना व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य संयोजक हरिबहादुर खड्काले जानकारी दिए। हालसम्म गाउँपालिकामा २९ जनामा कोरोना पुष्टि भएता पनि २४ जना निको भएर घर गएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.