|

काठमाडौं : सिजन मिडियाले विवाहित महिलाहरूमा केन्द्रित 'मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०' पहिलो अनलाइन भिडियो ट्यालेन्ट संकरणको आयोजना गर्ने भएको छ।

उपत्यका नेपालभर रहेका विवाहित महिला तथा गृहणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरञ्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए।

महिलाहरुको आफ्नो आन्तरिक एक्टिङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि क्षेत्रमा आत्मविश्वास अभिवृद्धि गर्न कला मनोरञ्जनलाई ध्यानमा राखेर समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई अनलाइनमार्फत विस्तार गरिन लागिएको हो। 'विगत १२ वर्ष देखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले यस वर्ष कोरोना महामारीको कारण विगत वर्षहरुमा गर्दै आएको कार्यक्रमहरु स्थगित गरि यस महामारीको अवस्थामा घरमा बस्नुभएको दिदी बैनीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले अनलाइनमार्फत यो नयाँ भिडियो कार्यक्रम गर्न लागेको हो', वन्तले भने, ' उक्त कार्यक्रममा ५ विधामा प्रतियोगिताहरु सहभागी हुन  पाउनेछैन एक जनाले एक विधामा मात्र सहभागिता जनाउन सक्नेछन्। प्रतियोगीले १ मिनेट देखि ३ मिनेट सम्मको भिडियो मोबाइल अथवा अन्य क्यामराबाट खिचेर आयोजकलाई भाइवर नं ९८०१३४४८३५ वा इमेल मार्फत भाद्र २१ गते सम्म भिडियो पठाउन सक्नेछन्।'

 एक विधामा २० जना प्रतियोगीहरुले सहभागिता गर्न पाउनेछन् भने यो कार्यक्रममा नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुले सहभागिता गर्न पाउनेछन्। पहिलो छनोट कार्यक्रम पछि उक्त भिडियोहरु सिजन मिडियाको अफिसियल फेसबुकमार्फत सार्वजनिक गरिने  उनले बताए।

'लाइक सेयर कमेन्ट भोटीङ र निर्णायक मण्डलको मुल्याङ्कनबाट प्रत्येक विधामा ३ जना विजेता छनोट २०७७ साल असोज महिनाको दोस्रो सातामा हुनेछ', उनले भने।

 प्रतियोगिताका विजेताले 'मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०' को ताज सहित फ्रिज, टिभी, भ्याकुम किल्नर आदि घरायसी सामानहरु उपहार स्वरुप प्रत्येक विधाका ३ ३ जना विजेतालाई प्रदान गरिने वन्तले उल्लेख गरे।

'विजेताहरूको निशुल्क कोरोना बीमापनि पनि गरिने छ। साथै विजेताहरुलाई गिफ्ट भौचरको रुपमा लेटमिइनको तर्फबाट पनि उपहार प्रदान गरिने छ। साथै  विजेताहरूलाई विभिन्न समाजसेवामा आवद्ध गराउनुका साथै विज्ञापन, म्यूजिक भिडियो खेल्ने अवसर साथै फोटोसुटको पनि सेवा प्रदान गरिने छ', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.