|

काठमाडौं :  प्रदेश २ मा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा भेटिएका ४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेका छन्। 

पर्साका २६ जना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन्। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर  मदनकुमार उपाध्यायका अनुसार १२ महिलासहित दुई वर्षदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको एनआईसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक–एकजना स्टाफमा कोरोना देखिएको हो। अस्पतालका ३ जना स्विपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

जितपुर सिमरा उपमहानगरपालिकाका १९ जना संक्रमितमध्ये ६ जना वडा नम्बर २५ का बासिन्दा हुन्। तीन जना संक्रमित वडा नम्बर ३ का हुन्। जितपुरस्थित आर्मी ब्यारेकका एक जवानमा पनि कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.