|

काठमाडौं : सभामुख अग्नीप्रसाद सापकोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो प्रभावित क्षेत्र पुगेका छन्। 

सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आज विहान ६ बजे गएको पहिरोमा ठूलो मात्रामा मानविय क्षती भएपछि सभामुख त्यसतर्फ उद्धारको लागि पुगेको जानकारी दिए।

'लिदी पहिरो उद्धार लागि काठमाडौंबाट हेलिकोप्टरमा आएर सभामुख चौतारामा झर्नुभएको थियो। उद्धारका लागि पहिलो प्राथमिकता भएकाले घाइतेको उद्वार गर्न हेलिकप्टरमा सेना पठाइएको हो, त्यसपछि उहाँ घटनास्थल पुग्नु भएकाे हाे।' न्यौपानेले भने।

न्यौपानेका अनुसार हालसम्म  पहिरोमा परी ३६ जना पुरिएर बेपत्ता भएका छन्। 'हालसम्म कसैको पनि zब निकाल्न सकिएको छैन्। ५ जना गम्भीर घाइतेलाई  उपचारका लागि चौतारा पठाइएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.