मध्यराति १२ बजेर ४५ मिनेटमा खेल सुरु हुने

|

काठमाडौं : विश्‍व क्लब फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलमा शुक्रबार मध्यराति दुई चर्चित क्लब जर्मन जाइन्ट बार्यन म्युनिख र स्पेनिस महारथी बार्सिलोना आमनेसामने हुँदैछन्। 

क्वाटरफाइनलको महत्वपूर्ण भिडन्तमा जित हात पार्ने टिमले सेमिफाइनल यात्रा तय गर्ने छ। यो पटक क्‍वाटरफाइनलयताका खेलहरु एक लेगमै सकिने भएकाले दुवै टिमका लागि अघिल्लो चरण प्रवेश मुख्य लक्ष्य हुनेछ।

लगातार आठौं पटक बुन्डेसलिगा उचाल्दै आफ्नो रवाफ कायम राखेको बार्यन जारी सिजन उत्कृष्ट फर्ममा छ। त्यसो त ला लिगामा खराब प्रदर्शन गरेको बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा सुधारिएको प्रदर्शनले केही हौसला मिलेको छ। 

कप्तान लियोनेल मेसीको उत्कृष्ट फर्मले बार्सिलोना फेरि एकपटक उपाधिको दाबेदार मानिएको छ। त्यसो त यो सिजन उत्कृष्ट प्रदर्शन गरेका बायर्नका रोर्बट लेवान्डोस्कीको जबर्जस्त फर्म बार्सिलोनाको टाउको दुखाई बन्‍न सक्छ। 

किनकी लेवान्डोस्कीले प्रि-क्वाटरफाइनलमा चेल्सीविरुद्धको दोस्रो लेगमा ४-१ को जित निकाल्दा दुई गोल गरेका थिए भने दुई गोल असिस्ट गरेका थिए। त्यसैले बार्सिलोनाका लागि लेवान्डोस्कीलाई रोक्नु अर्को चुनौती हुने छ।

स्पेनिस लालिगामा कोरोना भाइरस संक्रमणपछि अग्रस्थानमा रहँदै लिग सुरु गरेको बार्सिलोनाले अन्तिममा आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उपाधि सुम्पन बाध्य भयो। 
तर मेसीको प्रदर्शन भने सम्झन लायक रह्यो। ला लिगा भरी बार्सिलोनाका लागि ३३ गोल र २५ असिस्ट गर्दै दुवै विधाको व्यक्तिगत उपाधि जितेका मेस्सीले एकै सिजनमा सर्वाधिक गोल र असिस्ट गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए।

केही दिनअघि मात्रै बायर्न मिडफिल्डर लियोन गोरेज्काले मेसीलाई रोक्न सके बायर्न सेमिफाइनल पुग्‍ने बताएका थिए। उच्च फर्ममा रहेको बायर्न लेवानडोस्कीसँगै युवा खेलाडीहरु सर्जी नाब्री, अल्फोन्सो डेभिस, जोशुवा किमिच र किङ्स्ले कोमानको तालमेल मिल्नेमा विश्वस्त छ। 

त्यसो त बार्यनसँग बार्सिलोनाको इतिहास राम्रो छैन। युरोपियन प्रतियोगिताहरुमा बार्सिलोनाले अन्य क्लबको तुलनामा बायर्नसँग सबैभन्दा धेरै खेल हारेकाले संयमित छ। पछिल्ला आठ खेलमा बार्सिलोना बायर्नसँग पाँच पटक पराजित भएको छ ।

यद्यपि सन् २०१४-१५ को सिजनमा भएको यी दुईबीचको पछिल्लो च्याम्पियन्स लिग भिडन्तमा बर्सिलोनाले बायर्नलाई पाखा लगाएको थियो । दुवै टोलीले ५-५ पटक च्याम्पियन्स लिग जितेका छन्। 

दुवै छैटौं पटक उपाधिको पर्खाइमा छन्। धेरैले यो खेल जित्‍ने नै उपाधि जित्‍ने टिम हुन सक्ने आँकलन गरिएको छ। त्यसकारण बायर्न र बार्साबीचको खेललाई फाइनलसरह मानिएको छ। पोर्चुगलको लिस्बनमा हुने प्रतिष्पर्धा नेपाली समय अनुसार राति १२ :४५ बजे हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.