समाज

जुगल पहिरो अपडेट : ३८ जना बेपत्ता ३७ घर ध्वस्त

साउन ३०, २०७७

    काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा आज विहान  खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। 

    पहिरोका कारण ३८ हराइरहेको, ३७ घर ध्वस्त  जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। उनका अनुसार पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौं पठाइएको छ। 

    पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।  चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको छ।  घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्ला उच्च अधिकारीहरु पुगेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]