|

ओखलढुंगा : प्रदेश १ का तीन जिल्लाका कोरोना संक्रमितलाई ओखलढुंगा जिल्ला अस्पतालमा राखिने भएको छ। प्रदेशका विभिन्न स्थानमा रहेका कोभिड अस्पतालका आइसोलेसनमा बेड अभाव भएसँगै सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका संक्रमितलाई ओखलढुंगामा राखिने भएको हो। 

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले आइसोलेसन व्यवस्थापन गरेर ओखलढुंगामा तीन जिल्लाका संक्रमित राख्न निर्देशन दिएसँगै जिल्ला अस्पताल रुम्जाटारमा ओखलढुंगा, सोलुखुम्बु र खोटाङका कोरोना संक्रमितलाई राखिने तयारी भइरहेको छ। 

मन्त्रालयले २० शैयाको आइसोलेसन तयार गर्न निर्देशन दिएको र मन्त्रालयको निर्देशनअनुसार हाल अस्पतालको क्वार्टर भवनमा १२ शैयाको आइसोलेसन तयार भइसकेको जिल्ला अस्पताल रुम्जाटारका मेडिकल सुरपरिटेन्डेन्ट सन्तोष देवले जानकारी दिए। 

आइसोलेसनको बाँकी शैया निर्माणका लागि अस्पतालसँगैको प्राथमिक विद्यालय र वन कार्यालयको भवन प्रयोग गर्ने अवस्था आएको उनले बताए।  प्रदेशको निर्देशनअनुसार आफूहरु लागि परिरहेको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले बताए।  तत्काल तीन वटै जिल्लामा संक्रमित नरहेको र भइहाले आफूहरु  तयारी अवस्थामा रहेको उनको भनाइ छ। 

प्रदेश नं. १ को माथिल्लो सगरमाथामा पर्ने सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा हालसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल ४१ जना संक्रमणमुक्त भइसकेका छन्। हाल १ जना मात्र उपचाररत छन्। हालसम्म ओखलढुंगामा २२ जना, खोटाङमा १३ जना र सोलुखुम्बुमा ७ जनालाई संक्रमण पुष्टि भएको छ। सोलुखुम्बु र ओखलढुंगामा अहिले संक्रमित नभएका र खोटाङमा भने एक जना उपचाररत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.