सिन्धुली : आज एकै दिन सिन्धुलीका १३ जनामा कोरोना पुष्टि भएको छ।
जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएका १ सय ८८ जनामध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो।
विदेशबाट आएर भूसंरक्षणको कार्यालयमा रहेको क्वारेन्टाइनमा रहेका ७ जना, कमलामाई नगरपालिका-७ का एक जना, पर्यावरण गण रानीवासका-२ जना सैनिक, एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी र कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए।
सिन्धुलीमा एकै दिन १३ जनामा कोरोना देखिएपछि जिल्ला अस्पतालमा बेड अभाव हुन थालेकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।