कोभिड-१९ {अपडेट}

व्यापारीमा कोरोना देखिएपछि न्युरोड र इन्द्रचोकका पसल बन्द

साउन ३०, २०७७

    काठमाडौं : काठमाडौंको न्युरोडमा एक जना व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ। व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ।

    शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यस क्षेत्रका सबै पसल बन्द गर्न वडा कार्यालय अनुरोध गरेको हो। वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्न साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल तथा व्यवसाय बन्द गर्न आग्रह गरेको हो।

    'न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]