समाज

कर्णालीका स्थानीय तहमा अख्तियारको आँखा, उजुरीका चाङ

दैलेखमा सबैभन्दा बढी उजुरी

साउन ३०, २०७७

    सल्यान : कर्णाली प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहविरुद्ध परेका छन्। 

    अख्तियार कार्यालय सुर्खेतका अनुसार गत ०७६/७७ मा १ हजार ८० उजुरी परेका छन्। तीमध्ये ६ सय १३ फर्छ्याेट भएका छन्। ४ सय ६७ उजुरीमाथि अनुसन्धान भइरहेको आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए।

    स्थानीय तहमै ५ सय ५४ उजुरी  

    प्रदेशका १० जिल्लामध्ये धेरै उजुरी दैलेखका स्थानीय तहविरुद्ध परेका छन्। दैलेखका ११ स्थानीय तहविरुद्ध १ सय १८ उजुरी परेका छन्। ७८ वटा उजुरीको फर्छ्याेट भएका छन्। त्यस्तै ४० अनुसन्धानकै क्रममा रहेका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए। 

    सुर्खेतका ९ स्थानीय तहविरुद्ध ९१ वटा उजुरी परेको अख्तियारले जनाएको छ। जसमा ६० उजुरी फर्छ्याेट भएका छन् भने ३१ बाँकी छन्। कालिकोटका ९ स्थानीय तहविरुद्ध ६२ उजुरी परेका छन्। सल्यानका १० स्थानीय तहविरुद्ध ४७ उजुरी परेका छन्। त्यसमध्ये ४२ वटा टुंगो लागेका छन्।  

    मुगुका ४ स्थानीय तहविरुद्ध २५, डोल्पाका ८ स्थानीय तह विरुद्ध २२, जुम्लाका ८ स्थानीय तहविरुद्ध ४४, रुकुम पश्चिमका ६ स्थानीय तहविरुद्ध ४६, हुम्लाका ७ स्थानीय तहविरुद्ध ३२ र जाजरकोटका ७ स्थानीय तहविरुद्ध ६७ उजुरी गरी परेका छन्। 

    प्रदेशका सबै स्थानीय तहविरुद्ध ५ सय ५४ उजुरी परेकोमा ३ सय १८ फर्छ्याेट भएको र २ सय ३६ उजुरीउपर अनुसन्धान भइरहेको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए। संघ अन्तर्गतका मन्त्रालयहरू विरुद्ध ३ सय १६ उजुरी परेका छन्। 

    प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयविरुद्ध उजुरी बढी 

    प्रदेश मन्त्रालयअन्तर्गत सबैभन्दा धेरै उजुरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयविरुद्ध परेका छन्। १ सय २६ उजुरी परेकोमा ७६ उजुरी टुंगो लागेका छन्। ५० उजुरीउपर अनुसन्धान भइरहेको उनको भनाइ छ। 

    कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सबैभन्दा कम १ वटा मात्र उजुरी परेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयमा २९ उजुरी परेका छन्। जसमा भौतिक पूर्वाधार र यातायातमा ७, सिँचाइमा ९ र खानेपानी, सहरी विकासमा १३ उजुरी परेका छन्। 

    यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २० उजुरी परेका छन्। भूमि व्यवस्थामा ७ उजुरीको फर्छ्याेट भएका छन् भने १३ उजुरी अनुसन्धानकै क्रममा छन्। सामाजिक विकास मन्त्रालयमा ३४ उजुरी परेकोमा १७ फर्छ्याेट भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]