|

काठमाडौं : काठमाडौंको न्युरोडका एक जना व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ।

व्यापारीमा संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्न साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल तथा व्यवसाय बन्द गर्न आग्रह गरेको हो।

वडाको आग्रहसँगै सो क्षेत्रमा पसल(व्यवसाय पूरै बन्द गरिएको छ। पसलका सटर र ढोकामा जताततै ताल्चा झुण्डिएको देखिन्छ।

तस्बिरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.