|

कपिलवस्तु : जिल्ला सदरमुकाम तौलिहवामा ७ प्रहरीसहित थप २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। उनीहरुमा बैंकका कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मीसमेत रहेका छन्।

यस अघि २ जना प्रहरीका कोरोना भएको पुष्टि भएपछि आइसोलेसन पठाइएको थियो। कृषि विकास बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक, गुह्येश्वरी फाइनान्स, तिनाउ मिसन बैंकका ७ जना कर्मचारीमा संक्रमण देखिएको छ। 

एक जना बैंकका म्यानेजरसमेत छन्। ५ जना विद्यार्थीमा समेत संक्रमण भएको कोरोना फोकल पर्सन कुमार थापाले बताएका छन्। तौलिहवामा ९१ जना उपचाररत छन्। ती सबै समुदायबाट संक्रमण भएका हुन्। कोरोनाका कारण तौलिहवाका १ व्यापारीको मृत्युसमेत भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.