काठमाडौं : काठमाडौं उपत्यकामा लगातार चौथो दिन एक सयभन्दा धेरै संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ११९ जना नयाँ संक्रमित भेटिएको बताएका छन्।
गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुर ३, काठमाडौं २३ र ललितपुर १ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १६ जना र ललितपुरका ३ जनामा कोरोना देखिएको छ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा काठमाडौंका १० जनामा संक्रमण पुष्टि भएको छ। स्टार अस्पताल ललितपुरमा भक्तपुरका २ जना र काठमाडौंका ६ जनामा संक्रमण देखिएको छ।
उता भक्तपुरको नेपाल-कोरिया अस्पतालमा काठमाडौंका ७ जना संक्रमित भेटिएका छन्। धुलिखेल अस्पतालमा काठमाडौंका ३ जना संक्रमित भेटिएका छन्। अर्कातिर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भक्तपुरका १, काठमाडौंका ४ र ललितपुरका २६ जनामा संक्रमण पुष्टि भएको छ।
ललितपुरकै बिएन्डबी अस्पतालमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ। नेपाल प्रहरी अस्पतालमा काठमाडौं १३ जना संक्रमित भेटिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।