|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले सिन्धुपाल्चोकका पहिरो पीडितलाई घटनास्थलमै पुगेर राहत वितरण गरेका छन्। 

 सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा शुक्रबार बिहान झरेको पहिरोमा परेका गाउँलेलाई थापाले नेपाली सेनाको हेलिकोप्टरमार्फत पुगेर राहत बाँडेका हुन्।

शुक्रबार बिहान झरेको पहिरोमा परेर हालसम्म ३३ जना बेपत्ता छन्। ३३ जना अझै पनि बेपत्ता छन्। पहिरो झरेपछि गाउँलेले नौजनाको जीवितै उद्धार गरेका थिए। पहिरोले ३७ घर ध्वस्त बनाएको छ। पहिरोमा परेर ९ जना घाइते भएका छन्। 

घरबारविहीन भएका स्थानीयका लागि प्रारम्भिक राहत लगेर गृहमन्त्री थापाले वितरण गरेको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिएका छन्। गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने पनि त्यहाँ पुगेका थिए। 

यसअघि बिहानै प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा पनि हेलिकोप्टरमा चढेर पहिरोस्थलमा पुगेका थिए। सिन्धुपाल्चोकमा यो वर्ष पटक पटकको पहिरोले ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.