|

काठमाडौं :  काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९७ पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार उपत्यकाको तीन जिल्लाको संक्रमितको संख्या १ हजार ६ सय ९७ पुगेको हो। शुक्रबार काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना गरी थप १ सय १९ संक्रमति थपिएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

काठमाडौं जिल्लामा १ हजार ३ सय ६१ रहेका छन्। पुरुष ९ सय ७० र महिला ३ सय ९१ रहेका छन्। ललितपुरमा २ सय २१ संक्रमित पुगेका छन्। १ सय ४१ पुरुष र ८० जना महिला रहेका छन्।

भक्तपुरमा १ सय १५ संक्रमित पुगेका छन्। पुरुष ६८ र महिला ४७ रहेका छन्। २४ घन्टामा देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। देशभरका ३८ वटा प्रयोगशालामा उक्त संख्यामा कोरोनामा पुष्टि भएको हो।

२ सय ४० जना डिस्चार्ज भएका छन्। देशभर शुक्रबार ११ हजार ५ सय ७५ जनाका पिसिआर परीक्षण गरिएको गौतमले जानकारी दिए। यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। २४ घण्टामा थप ४ जनाको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.