|

काठमाडौं : सिन्धुपाल्चोकको पहिरोमा पुरिएर ३८ जनामध्ये १० जनाको शव भेटिएको छ। शुक्रबार बिहान जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा झरेको पहिरोमा ३८ जना बेपत्ता भएका थिए। जसमध्ये ५ जनाको शुक्रबार दिउँसो शव भेटिएको थियो। त्यसैगरी शुक्रबार अपरान्ह थप पाँचजनाको शव भेटिएको हव। 

यो पहिरोले त्यहाँका ३७ घर ध्वस्त बनाएको थियो। पहिरोमा परेर घाइते भएका ९ जनालाई उपचारका लागि हेलिकोप्टरबाट सदरमुकाम चौतारा लगिएको छ।

पहिरोले ठूलो क्षति भएको खबर आएपछि सभामुख अग्‍निप्रसाद सापकोटा बिहानै हेलिकोप्टरमा त्यहाँ पुगेका थिए। त्यसपछि गृहमन्त्री रामबहादुर थापा बादल सेनाको हेलिकोप्टरमा पुगेर राहत वितरण गरेका छन्।

गृहमन्त्री थापाले तत्काललाई २ लाख रुपैयाँ नगद र आवश्यक जिन्सी तथा पालसहितका सामग्री वितरण गरेको प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.