|

बारा : धानमा हाल्ने मल अभाव भएर किसान पीडित बनेका बेला बारामा भने सहकारी खोलेर मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन्। 

प्रहरीले कलैया उपमहानगरपालिका १ राजदेवी टोलस्थित कुशवाहा बिज भण्डारका सञ्चालक कलैया १७ का मुरारी साह तेली र श्री आसकामिनीमाई कृषि सहकारी संस्थाका कर्मचारी विश्वनाथ साह कलवारका छोरा धनञ्जयलाई पक्राउ गरेको हो। 

उनीहरुले साल्ट ट्रेडिङ वीरगन्जबाट श्री आसकामिनिमाई कृषि सहकारी संस्था लिमिटेड कलैयालाई अनुदानमा बिक्री गरिएको मल बढी मूल्यमा बेचेका थिए। पसलमा स्टोर गरी राखिएको साल्ट ट्रेडिङ वीरगन्जबाट ल्याइएको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा गरी जम्मा ५५ बोरा मलखाद रीतपूर्वक बरामद गरिएको हो।

उनीहरुलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.