कपिलवस्तु : प्रंदेश ५ स्वास्थ्य महाशाखा प्रमुख उमाशङ्कर चौधरीलाई कोरोना संक्रमण भएको छ। कोरोना व्यवस्थापन प्रदेशका सम्पर्क व्यक्तिसमेत रहेका चौधरीले कोरोना संक्रमण भएको फेसबुकमार्फत जनाएका हुन्।
चौधरीले मन्त्रालयका तर्फबाट नियमित मिडिया ब्रिफिङसमेत गर्दै आएका थिए। सामाजिक विकास मन्त्रालय बुटवलमा वरिष्ठ स्वास्थ्य प्रशासक रहेका अहिले होम आइसोलेसनमा बस्दै आएको बताएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।